निर्वाहमुखी कृषि उत्पादन प्रणालीलाई विविधिकरण र व्यवसायिकिकरण गरी प्रतिस्पर्धात्मक एवम मार्यादित कृषि प्रणालीमा रुपान्तरण गर्ने र दिगो कृषि विकासको माध्यमबाट कृषकहरुको जिवनस्तरमा सुधार ल्याउने 

कार्यनीति

उल्लेखित उद्देश्य प्राप्तिका लागि कृषि सेवा प्रवाहलाई प्रभावकारी गराई देहायका नीति तथा रणनीतिहरु अबलम्वन गरिने छ।

क. नीति

  • कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि विकसित उत्पादन तथा उत्पादनोपरान्त प्रविधिहरुको प्रचार प्रसार र प्राविधिक सेवाटेवा सर्वसुलभ रुपमा प्रदान गरी कृषकहरुलाई कृषि विकास गर्न सक्षम बनाउने
  • निर्यातयोग्य एवं उच्च मूल्यका कृषि जन्य बाली÷वस्तुहरुको उत्पादनमा विशिष्टता हासिल गर्ने ।
  • कृषि जन्य उद्योगको लागि आवश्यक पर्ने गुणस्तरयुक्त कृषि उत्पादनमा विविधीकरण गर्ने ।
  • कृषि उत्पादन सामग्रीहरुको उत्पादन एवं बजारीकरणमा सेवाटेवा दिने ।
  • कृषि विकासमा कृषक समूह÷समिति÷सहकारी÷गैह् सरकारी संस्था स्थानीय तहहरुसँग साझेदारी गर्ने
  • कृषि विकासका लागि मानवीय स्रोतको विकास गर्ने ।
  • कृषि विकासका लागि संस्थागत संयन्त्रको विकास गर्ने ।

ख. रणनीति

नेपाल सरकारको घोषित कृषि नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले नबौं पञ्चवर्षिय योजनादेखि अवलम्वनमा ल्याएको २० वर्षे दीर्घकालिन कृषि योजना ९ब्एए०तथा कृषि विकास रणनीति (ब्म्क्) अनुरुप पकेट प्याकेज अवधारणालाई मूलमन्त्र मानी प्राथमिकताका आधारमा कृषि व्यवसायलाई विविधीकरण एवं दीगो रुपमा व्यवसायीकरण गरी निर्धारित उद्देश्य प्राप्तिका लागि अपनाइएका रणनीतिहरु यस प्रकार छन् ।

२.१ पकेट प्याकेज कार्यक्रम सञ्चालन र व्यावसायिक कृषि क्षेत्रको विकास

स्थानीय भौगोलिक विशिष्टता, सम्भाब्यता, आवश्यकता, उपलब्ध स्रोत साधन र तुलनात्मक लाभका आधारमा बाली÷बस्तु विशेषका पकेट क्षेत्रहरु छनौट÷पहिचान गरी पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्ने र यस्ता पकेट क्षेत्रहरुलाई व्यावसायिक कृषि क्षेत्रका रुपमा रुपान्तरण गर्ने ।

२.२ उच्च मूल्यका बाली÷वस्तुहरुको विकास विस्तारमा जोड

फलफूल, मौसमी तथा बेमौसमी ताजा तरकारी, तरकारी बीउ, कफी, अलैंची, चिया, मसला बाली, मह, माछा, च्याउ आदि उच्च मूल्यका कृषिजन्य वस्तुहरुको उत्पादनमा व्यवसायीकरण गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा जोडदिने ।

२.३ विकेन्द्रित योजना तर्जुमा तथा कार्यान्वयन

विकेन्द्रीकरणको सिद्धान्त अनुरुप कृषि विकास कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा कृषक, कृषक समूह तथा स्थानीयतहका विभिन्न निकायहरुको प्रत्यक्ष एवं सक्रिय सहभागिता जुटाउने ।

२.४ कृषि उत्पादन सामग्री÷सेवाहरुको समन्वयात्मक एवं एकीकृत आपूर्ति व्यवस्था

सरकारी क्षेत्रको लगानीलाई दीर्घकालिन कृषि योजना÷कृषि विकास रणनीतिको प्राथमिकतातर्फ उन्मुख गराउने निर्धारित बाली विशेषका पकेट क्षेत्रहरुमा आवश्यक पर्ने उन्नत बीउ, बोटबिरुवा, रासायनिक मल, विषादि आदि उत्पादन सामग्रीका साथै कृषि ऋण, उन्नत कृषि प्रविधि आदि सेवा सुविधाहरुको नियमित एवम् सर्वसुलभ आपूर्ति र कृषि सडक, ग्रामीण विद्युतीकरण र बजार पूर्वाधार विकासका लागि सम्बन्धित सरकारी तथा गैह्र सरकारी निकायहरुसँग समन्वय राखी एकिकृत कार्यक्रम सञ्चालन गर्ने ।

२.५ करार तथा साझेदारीमा कार्यक्रम सञ्चालन

कृषिमा व्यवसायिकरण र बजार सुनिश्चितता दिलाउन कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकार÷प्रदेश सरकार र सामुदायिक संस्था, गैह्र सरकारी संस्था एवं निजी क्षेत्रहरुबीच प्रतिस्पर्धात्मक प्रणालीमा आधारित करार तथा साझेदारी पद्धतिको अवलम्बन र विस्तारमा जोड दिने ।

२.६ प्रविधि हस्तान्तरण

आधुनिक कृषि प्रविधिको विकाससँगै कृषि प्राविधिक र कृषकहरुलाई उक्त प्रविधिबारे जानकारी गराउने गुणस्तरीय तालिममा जोड दिई प्रविधि हस्तान्तरण गर्ने ।

२.७ कृषि व्यवसाय प्रवद्र्धन तथा बजार व्यवस्थामा जोड

कृषि विकास सेवालाई उत्पादनका साथै कृषि व्यवसाय प्रवद्र्धन र बजार अन्तरक्रियासँग सम्बन्धित पक्षहरुसँग विशेष रुपमा अभिमुख गराउन जोडदिने ।

२.८ स्थानीय स्तरमा कृषि स्रोत केन्द्रको विकास

उन्नत बीउ विजन, बोटबिरुवा र अन्य स्रोत सामग्रीहरुको दीगो एवम् सर्वसुलभ आपूर्तिका लागि स्थानीयस्तरमा स्रोत केन्द्रहरुको स्थापना तथा विकास तथा विस्तारमा जोड दिई कार्यक्रमहरु सञ्चालन गरिने ।

२.९ कृषक समूह/कृषि सहकारी/फर्महरुलाई कृषि व्यवसायिकरणको संवाहकका रुपमा प्रयोग

संगठित कृषक समूह/कृषि सहकारी/दर्ता भएका फर्महरुलाई कृषि व्यवसायिकरणको सम्बाहक मानी  कृषक समूह, कृषि सहकारी तथा फर्म गठन/परिचालन र स्थापनामा सहयोग पुर्र्याई सम्पूर्ण कृषि विकासका कार्यक्रमहरु सञ्चालन गर्ने।

२.१० महिला सहभागितामा जोड

कृषि कार्यमा महिलाको प्रमुख भूमिकालाई मध्यनजर राख्दै कार्यक्रम सञ्चालनमा महिला सहभागितालाई प्राथमिकता प्रदान गरी कृषि विकासको मूल प्रवाहमा महिलाहरुलाई समाहित गर्ने।

२.११ पिछडिएको वर्गको उत्थानमा जोड

सामाजिक तथा आर्थिक रुपले पिछडिएका जाति/जनजाति समुदायको उत्थानका लागि आय तथा रोजगारमूलक बनाउन कार्यक्रम सञ्चालनमा विशेष व्यवस्था गर्ने।

२.१२ वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा जोड

प्राङ्गारिक कृषि प्रवर्द्भनका लागि एकिकृत शत्रुजीव व्यवस्थापन पद्धतिलाई प्राथमिकता दिंदै दिगो तथा वातावरणमैत्री कृषि कार्यक्रम सञ्चालनमा जोडदिने।रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गर्ने कार्यक्रमलाई जोड दिनाले बातावरण प्रदुषण कम हुने र रासायनिक मलको प्रयोगलाई कम गर्नको लागि आई.पि.एन.एस् कृषक पाठशाला र भकारो सुधार एवं गोठेमल संरक्षण कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गरी प्राङ्गारिक कृषि उत्पादनमा सहयोग पुर्र्याउने।